२७७७ मतगणनामा : देउवा १३१८ र कोइराला १०२३

काठमाडौँ : नेपाली कांग्रेसको जारी सभापति पदको मतगणनामा २ हजार ७७७ मतको गणना सकिएको छ।
मतगणनामा शेरबहादुर देउवाले १ हजार ३१८ मत ल्याएर अग्रता कायम राखेका छन्। प्रतिस्पर्धी डा.शेखर कोइरालाले १ हजार २३ मत ल्याएर देउवालाई पछ्याइरहेका छन्।
सभापतिका उम्मेदवार प्रकाशमान सिंह २०५, विमलेन्द्र निधिले १६६ र कल्याण गुरुङले १२ मत पाएका छन्।
राष्ट्रिय सभा गृहमा मतगणना चलिरहेको छ। १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ६८१ मत खसेको थियो।
सभापतिमा निर्वाचित हुन २ हजार ३४२ मत आवश्यक पर्छ।
मंसिर २८, २०७८ मंगलबार ०७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।