२६७७ मत गणना भयो, देउवाको अग्रता कायमै

२६७७ मत गणना भयो, देउवाको अग्रता कायमै

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनको सभापति पदका लागि भइरहेको मतगणनामा शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन्। बिहान साढे सात बजेसम्ममा २६७७ मत गणना हुँदा देउवाले १२६५ मत ल्याएका छन्।

यस्तै सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङले केवल १२ मत ल्याएका छन्। प्रकाशमान सिंहले २०४, विमलेन्द्र निधिले १६५ र डा. शेखर कोइरालाले ९८० मत ल्याएका छन्। 

मंसिर २८, २०७८ मंगलबार ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।