२३ सय मत गणना : देउवा ११०६ र कोइराला ८२२

२३ सय मत गणना : देउवा ११०६ र कोइराला ८२२

काठमाडौँ : नेपाली कांग्रेसको सभापति पदमा जारी मतगणनामा शेरबहादुर देउवाले १ हजार १०६ मत ल्याएर अग्रता कायम राखेका छन्।

२ हजार ३ सय मत गणना हुँदा देउवाले १ हजार १०६ मत ल्याएर अग्रता कायम राखेका हुन्। 

सभापतिका अर्का उम्मेदवार डा.शेखर कोइरालाले ८२२ मत ल्याएका छन्। यस्तै प्रकाशमा सिंहले २०४, विमलेन्द्र निधिले १७४ र कल्याण गुरुङले १० मत पाएका छन्। कांग्रेस महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनमा ४ हजार ६८१ मत खसेको थियो। 

आज बिहान सुरु भएको मतगणनामा देउवाले सुरुवातदेखि नै अग्रता कायम राखेका हुन्। सभापतिमा निर्वाचित हुन २ हजार ३४२ मत ल्याउनु पर्नेछ। ५० प्रतिशत भन्दा बढी मत नल्याए बढी मत ल्याउने दुई प्रतिष्र्धीबीच दोस्रो चरणको चुनाव हुनेछ। 

मंसिर २८, २०७८ मंगलबार ०७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।