२१०६ मत गणना : देउवा ९९१ र कोइराला ७६२ 

२१०६ मत गणना : देउवा ९९१ र कोइराला ७६२ 

काठमाडौँ : नेपाली कांग्रेसको सभापति पदमा जारी मतगणनामा शेरबहादुर देउवाले ९९१ मत ल्याएर अग्रता कायम राखेका छन्।

२ हजार १०६ मत गणना हुँदा देउवाले ९९१ मत ल्याएर अग्रता कायम राखेका हुन्। 

सभापतिका अर्का उम्मेदवार डा.शेखर कोइरालाले ७६२ मत ल्याएका छन्। यस्तै प्रकाशमा सिंहले १७४, विमलेन्द्र निधिले १३७ र कल्याण गुरुङले ९ मत पाएका छन्।

कांग्रेस महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनमा ४ हजार ६८१ मत खसेको थियो। 

मंसिर २८, २०७८ मंगलबार ०६:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।