कांग्रेस महाधिवेशन : कसले ल्याउँला ५० प्रतिशत भन्दा बढी मत ?
काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मतदान सकिएको छ। सभापतिका निर्वाचित हुन ५० प्रतिशत भन्दा बढी मत अनिवार्य हो। प्रारम्भिक मत अनुसार कुल मतदाता ४ हजार ७ सय ४३ मध्ये ४ हजार ६ सय ८१ जनाले मत खसेको छ अनुमान छ। ६२ मत खसेन।
यो अनुसार सभापतिमा निर्वाचित हुन २३ सय ४२ मत चाहिन्छ। केन्द्रीय निर्वाचन समितिले आजै मत गणना सुरु हुने बताएको छ। सभापतिको उम्मेदवार शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ छन्।
पहिलो चरणमा ५१ प्रतिशत मत नआए पहिलो र दोस्रो हुने उम्मेदवार बिच दोस्रो चरणमा मतदान हुनेछ।
मंसिर २८, २०७८ मंगलबार ०१:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।