कांग्रेस सभापति हुन २३ सय ४२ मत चाहियो

काठमाडौँ : नेपाली कांग्रेसको सभापतिका निर्वाचित हुन ५१ प्रतिशत मत अनिवार्य हो। प्रारम्भिक मत अनुसार कुल मतदाता ४७ सय ४३ मध्ये ४ हजार ६ सय ८१ जनाले मत खसेको छ। जम्मा ६२ मत खसेन।
यो अनुसार सभापतिमा निर्वाचित हुन २३ सय ४२ मत चाहिन्छ। केन्द्रीय निर्वाचन समितिले आजै मत गणना सुरु हुने बताएको छ। सभापतिको उम्मेदवार शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ छन्।
पहिलो चरणमा ५१ प्रतिशत मत नआए पहिलो र दोस्रो हुने उम्मेदवारबिच दोस्रो चरणमा मतदान हुनेछ।
मंसिर २८, २०७८ मंगलबार ००:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।