कांग्रेसको सभापति को ?

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नेतृत्वका लागि भएको मतदानमा ४ हजार ६ सय ८१ मत खसेको छ। सभापति बाहेक अन्य पदका लागि मतदान जारी छ।
सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी अनि कल्याण गुरुङ उम्मेदवार भएका छन्। देउवा पहिलो चरणमै नतिजा ल्याउने प्रयासमा छन्। तर मतदानको प्रक्रिया उनको अनुकूल भएको देखिएन।
जति धेरै मतदान भयो देउवा उती कमजोर हुने हो। यसका आधारमा सभापतीको निर्वाचन दोस्रो चरणमा जाने देखिएको छ। दोस्रो चरणमा जाँदा देउवा र शेखरविच प्रतिष्पर्धा हुने सम्भावना छ।
मंसिर २८, २०७८ मंगलबार ००:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।