मध्यरातसम्म कांग्रेसको मतदान, अबको एक घण्टामा सभापतिको मतगणना सुरु गर्ने तयारी

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति चयनका लागि मध्यरातसम्म मतदान भएको छ।
राति साढे ११ बजेसम्मका लागि तेस्रो पटक थप गरेको समयमा पनि मतदान सम्पन्न नभएको र १२ बजे पछिसम्म पनि मतदान भइरहेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए।
केही महाधिवेशन प्रतिनिधि लाइनमा रहेकाले एउटा बुथमा मतदान भइरहेको र अब केहीबेरमै सकिने रावलले बताए। ‘सभापतिका लागि भएको मतदान करिब करिब सकिएको छ,’रावलले उकेरासँग भने,‘केही प्रतिनिधि लाइनमा रहेकाले एउटा बुथमा मतदान भइरहेको छ, केहीबेरमा सकिन्छ।’
समितिका सदस्य रावलले मतपेटिकाको मुचुल्का उठाएर आजै राति १ बजेबाट मतगणना गर्ने तयारी भएको बताए। सभापतिको मतगणना राष्ट्रिय सभा गृहमा हुनेछ। सभापति बाहेकका पदाधिकारी र सदस्यहरूको मतपेटिका आजै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पठाइने समितिले जनाएको छ।
मंसिर २८, २०७८ मंगलबार ००:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।