कांग्रेस महाधिवेशन : मतदानको समय राति साढे ११ बजेसम्म थप 

कांग्रेस महाधिवेशन : मतदानको समय राति साढे ११ बजेसम्म थप 

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति चयनका लागि भएको मतदानको समय साढे ११ बजेसम्म थप भएको छ।

कांग्रेस निर्वाचन समितिले अझै २ सय भन्दा धेरै मतदाता लाइनमै रहेकाले एक घण्टा समय थप गरिएको जनाएको छ। 

समितिका अनुसार अहिलेसम्म ४ हजार ५ सय मत खसेको छ। अझै महाधिवेशन प्रतिनिधि भोट खसाल्ने लाइनमा बसिरहेका छन्। 

बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ढिलो गरी मध्यान्ह १२ बजेदेखि सुरु भएको थियो। बेलुकी ९ बजेसम्म मतदानको समय तोकेको समितिले डेढ घण्टा थप गरेर साढे १० बजेसम्म कायम गरेको थियो। 

साढे १० बजेसम्म पनि मतदान नसकिएकाले एक घण्टा थप गरिएको समितिले जनाएको छ।

विहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि मात्र सुरु भएकाले मतदानको समय तेस्रोपटक थप गरिएको हो ।कांग्रेस १४ औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन्। 

मंसिर २७, २०७८ सोमबार २२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।