कांग्रेसको मतदान राति साढे १० बजेसम्म

काठमाडौँ : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय डेढ घण्टा थप भएको छ।
केन्द्रीय कार्य समिति चयनको निर्वाचनमा मतदान कार्य राति साढे १० बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ।
दिउँसो १२ बजेदेखि सुरु भएको मतदानमा बेलुकी ९ बजेसम्म पनि मतदाता लाइनमै रहेकाले राति साढे १० बजेसम्मलाई कायम गरिएको समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार करिब ४ हजार २ सय मत खसिसकेको छ। मतदान सकिए लगत्तै राति नै मतगणना गर्ने तयारी गरिएको समितिले जनाएको छ।
मंसिर २७, २०७८ सोमबार २१:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।