कांग्रेसको महाधिवेशनमा ३ हजार ५ सय मत खस्यो

काठमाडौँ : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न भइरहेको चुनावमा अहिलेसम्म ३ हजार ५०८ मत खसेको छ।
दिउँसो १२ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म ३ हजार ५०८ मत खसेको निर्वाचन समितिले जनाएको छ।
राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा मतदान भइरहेको छ। राष्ट्रिय सभा गृहमा १ हजार १ सय र भृकुटीमण्डपमा २ हजार ४०८ मत खसेको छ। कांग्रेसका ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि मतदाता छन्।
मतदानका लागि महाधिवेशन प्रतिनिधि अहिले पनि लाइनमा बसिरहेका छन्। निर्वाचन समितिले ९ बजेसम्म लाइनमा बस्ने प्रतिनिधिले मतदान गर्न पाउने जनाएको छ।
कांग्रेसको विधान अनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ।
मंसिर २७, २०७८ सोमबार २०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।