कोरोना खोप लगाउन घुस माग्ने स्वास्थ्यकर्मी पक्राउ  

कोरोना खोप लगाउन घुस माग्ने स्वास्थ्यकर्मी पक्राउ  

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोनाविरुद्धको खोप बिक्री गर्ने दुई स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ।

खोप लगाई दिएबापत २० हजार रुपैयाँ माग गरेका महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजय कुमार साह र कृष्णाकुमार यादवलाई जनकपुर उपमहानगरपालिका नयाँ बसपार्कबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। 

कोरोनाविरुद्धको खोप सरकारले निःशुल्क लगाइदिने गरेको छ। तर, साह र यादवले खोप लगाउन घुस माग गरेकोले पक्राउ गरिएको अख्तियारले जनाएको छ। 

मंसिर २७, २०७८ सोमबार २०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।