जी न्युजकी नेपाल संवाददाता ठगी आरोपमा पक्राउ

जी न्युजकी नेपाल संवाददाता ठगी आरोपमा पक्राउ

काठमाडौँ : नेपालमा बसेर भारतीय न्युज च्यानल जी न्युजका लागि काम गर्ने एन्जीना कार्की पक्राउ परेकी छिन्।

एक सहकारीलाई धम्क्याएर १५ लाख रकम असुलेको आरोपमा महानगरीय प्रहरी वृत्त जनसेवाले उनलाई २२ गते पक्राउ गरेर ठगीको आरोपमा हिरासतमा राखेको छ। कार्कीलाई प्रहरीले एक लाख रुपैयाँसहित पक्राउ गरेको हो

प्रहरीका अनुसार उनले एक सहकारीका व्यवस्थापकलाई पटक-पटक धम्क्याएर रकम असुल्दै आएकी थिइन्। अति गरेपछि सहकारीका व्यवस्थापकले उनलाई एक रेस्टुरेन्टमा बोलाएर एक लाख रकम दिँदै त्यसको भिडियो खिचेका थिए।

उनले पहिल्यै प्रहरीलाई जानकारी गराएका थिए। कार्की पैसा लिएर न्युरोडको एक रेस्टुरेन्टबाट निस्किएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनी नेपालमा बसेर भारतीय न्युज च्यानल जी न्युजका लागि काम गर्दै आएकी थिइन्।

मंसिर २७, २०७८ सोमबार २०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।