केपी ओलीमाथि झलनाथको आरोप : गुण्डागर्दी गरेर संसद् चल्न नदिने 

केपी ओलीमाथि झलनाथको आरोप : गुण्डागर्दी गरेर संसद् चल्न नदिने 

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गुण्डागर्दी गरेर संसद् चल्न नदिने केपी ओलीको नीति रहेको आरोप लगाएका छन्। 

एकीकृत समाजवादी संसदीय दलको बैठकमा नेता खनालले प्रतिपक्षमा हुँदा गुण्डागर्दी गरेर संसद् चल्न नदिने ओलीको नीति भएको आरोप लगाएका हुन्। 

संसद्बाट नीति, कार्यक्रम, बजेट, कुनै ऐन कानुन बनाउन नदिने ओलीको नीति भएको खनालले बताए। 

‘सत्तामा भए संसद्लाई निमोठिहाल्ने, पुनर्स्थापना भए कुनै बिजनेस नदिने, प्रतिपक्षमा भए गुण्डागर्दी गरेर संसद् चल्न नदिने र संसद्बाट नीति, कार्यक्रम, बजेट कुनै ऐन कानुन बनाउन नदिने’खनालले संसद्लाई हेर्ने केपी ओलीको दृष्टिकोण बैठकमा राखेका हुन्। 

खनालले एमालेको चितवनमा भएको राष्ट्रिय महाधिवेशनबाट त्यस भित्र विकसित भएको दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद, गुटबाट र राष्ट्रिय आत्मसमर्पणवाद संस्थागत भएको आरोप समेत लगाएका छन्। 

मंसिर २७, २०७८ सोमबार १८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।