मिडियाले उचाल्ने र पछार्ने गर्छ भन्दै ओलीले गराए नेतालाई सचेत

मिडियाले उचाल्ने र पछार्ने गर्छ भन्दै ओलीले गराए नेतालाई सचेत

भक्तपुर : प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिडियाले उचाल्ने र पछार्ने गर्छ भन्दै सचेत रहन पार्टीका नेताहरूलाई आग्रह गरेका छन्।

भक्तपुरमा बसेको बैठकमा उनले पार्टीमा विवाद बढाउन मिडियाले खेल्ने गरेको भन्दै उनले कुनै असन्तुष्टि भए पार्टीभित्रै राख्न आग्रह गरेका थिए। भक्तपुरमा शनिवार र आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले गरेको पार्टीको आन्तरिक कार्य विभाजनको विरोध भइरहेको छ।

तर उनले विरोधतिर केन्द्रित हुनुभन्दा पनि नेताहरूलाई अब आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिँदै अबको निर्वाचनमा पार्टीले एक्लै ६० प्रतिशत ल्याउने दाबी गरेको एक सहभागीले बताए।

उनले निर्वाचनमा बहुमत ल्याउन पार्टी प्रवेश कार्यक्रमसँगै जिल्ला र प्रदेशमा जनपरिचालन अभियान चलाउन समेत निर्देशन दिएका थिए। उनले अहिले सत्तामा रहेका दलको गठबन्धनलाई प्रतिगामी गठबन्धन भन्दै एमालेलाई समाजवादी र क्रान्तिकारी पार्टी भएको दाबी समेत गरेका थिए।

मंसिर २७, २०७८ सोमबार १८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।