कोरोना अपडेट: तीन सय १३ नयाँ सङ्क्रमित, तीन जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा तीन सय १३ नयाँ सङ्क्रमित फेला परेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या आठ लाख २४ हजार पाँच सय ३५ रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामै तीन सय ७६ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख सात हजार एक सय ५४ रहेको छ।
यता पछिल्लो २४ घण्टामै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने तीन रहेको छ। योसँगै हाल कुल मृतकको सङ्ख्या ११ हजार पाँच सय ५७ रहेको छ।
सक्रिय सङ्क्रमितको सङ्ख्या भने नेपालमा हाल पाँच हजार आठ सय २४ रहेको छ।
मंसिर २७, २०७८ सोमबार १८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।