आइएलओको सहयोग : ५ वटा मोटरसाइकल र २४ वटा ल्यापटप

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओले ५ वटा मोटरसाइकल, २४ वटा ल्यापटप, प्रिन्टर लगायतका सामग्री दिएको छ।
मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा आइएलओका नेपाल निर्देशक रिचार्ड होवार्डले मन्त्री कृष्णकुमार श्रेष्ठलाई ५ वटा मोटरसाइकल, २४ वटा ल्यापटप, प्रिन्टर लगायतका सामाग्री हस्तान्तरण गरेका श्रम मन्त्रालयले जनाएको छ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक वा देशभित्र रोजगारी गर्ने मजदुरको सुरक्षा र समस्या समाधानमा प्राविधिक सहयोग गर्दै आएको निर्देशक होवार्डले बताए।
आइएलओको प्राविधिक सहयोगमा नेपालमा मर्यादित कामका लागि देशीय कार्यक्रम सन् २०१८–२०२२ सञ्चालनमा छ।
मंसिर २७, २०७८ सोमबार १८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।