रुपन्देहीमा युवा उद्यमी सम्मेलन हुँदै

रुपन्देहीमा युवा उद्यमी सम्मेलन हुँदै

बुटवल : युवा उद्यमी मञ्च रुपन्देहीले युवा उद्यमी सम्मेलन गर्ने भएको छ। युवा उद्यमी मञ्च रुपन्देहीले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी आगामी पुस ३ गते उद्यमी सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको छ। 

व्यवसायमा लाग्न खोजेका युवाहरुलाई एक साथ एकै ठाउँमा जम्मा गरेर विभिन्न विषयमा छलफल गरिने युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष प्रदीप शाक्यले बताए।

युवा उद्यमीबीच सम्पर्क विस्तार गरिने, आकांक्षी युवा उद्यमीहरुलाई उद्योगीसँग जोड्ने, नेपाली अर्थतन्त्रका विषयमा जनचेतना अभिवृद्धि गर्नका लागि सम्मेलनको आयोजना गरिएको आयोजकको भनाइ छ।

युवा उद्यमी सम्मेलन रुपन्देहीको तिलोत्तमामा हुनेछ ।

मंसिर २७, २०७८ सोमबार १७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।