मतपत्र सकियो, मत हाल्न रोकियो

काठमाडौंः नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा भइरहेको मतदान प्रक्रिया रोकिएको छ। मतपत्र सकिएकाले मत हाल्न रोकिएको हो।
निर्वाचन समितिले भने प्रेसमा मतपत्र तयार भइसकेको र मतदान केन्द्रमा आएलगत्तै मतदान प्रक्रिया सुरु हुने जनाएको छ।
आज बिहान ११ बजेर २३ मिनेटमा नेता कुलबहादुर गुरुङले पहिलो मत हालेर मतदान प्रक्रिया सुरु भएको थियो। कागजको मतपत्र भएकाले २९ वटा मतपत्रमा मतदान गर्न एक जना महाधिवेशन प्रतिनिधिलाई झण्डै एक घण्टा लाग्ने गरेको छ।
निवर्तमान सभापति शेबहादुर देउवाले सबै पदमा मतदान गर्न करिव एक घण्टा समय खर्चिएका थिए।
मंसिर २७, २०७८ सोमबार १७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।