कांग्रेस महाधिवेशन : बेलुकी ९ बजेसम्म लाइन बसेकाले भोट हाल्न पाउने

कांग्रेस महाधिवेशन : बेलुकी ९ बजेसम्म लाइन बसेकाले भोट हाल्न पाउने
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि मतदान भइरहेको छ। ४ हजार ७४३ मतदाता मध्ये अहिलेसम्म १ हजार ९९३ भोट खसेको कांग्रेस निर्वाचन समितिले जनाएको छ। 

राष्ट्रिय सभा गृहको एक ठाउँ र भृकुटीमण्डपको दुई ठाउँमा दिउँसो १२ बजेदेखि मतदान भइरहेको छ। पदाधिकारी सहित १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

राष्ट्रिय सभा गृहमा ६८६, भृकुटीमण्डपमा प्रदर्शनी हलमा ६१० र प्राङ्गणमा ६९७ गरेर १ हजार ९९३ मत खसेको हो।

बेलुकी ९ बजेसम्म लाइन बसेकाले भोट हाल्न पाउने निर्वाचन समितिले जनाएको छ। मतदाताको भोट खसाल्ने लाइनमा बसिरहेका छन्।

भृकुटीमण्डपका दुई स्थानमा तीन हजार हजार चार सय र राष्ट्रिय सभा गृहमा एक हजार ३ सय मतदाताका लागि मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ।

कांग्रेस नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका थिए। एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने समितिले जनाएको छ। 

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ। १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ।

मंसिर २७, २०७८ सोमबार १७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।