स्रोत नखुलेको १८ लाखसहित दुई जना पक्राउ

स्रोत नखुलेको १८ लाखसहित दुई जना पक्राउ

पर्साः वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-१०का २८ वर्षीय चन्दनकुमार साह र सोही ठाउँका ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका छन्।

घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना१६प ५४४६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा बोकेको उक्त नगदसहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो।

उनीहरूमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

मंसिर २७, २०७८ सोमबार १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।