मतपत्रमा हस्ताक्षर गर्न निर्वाचन समितिलाई भ्याई नभ्याई

मतपत्रमा हस्ताक्षर गर्न निर्वाचन समितिलाई भ्याई नभ्याई

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयन गर्न भइरहेको मतदानमा अहिलेसम्म १५ सय मतपत्र वितरण भएको छ।

कांग्रेसको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार दिउँसो ३ बजेसम्म हस्ताक्षर भएको १५ सय मतपत्र मतदाताको हातमा पुगिसकेको छ। ३ बजेपछि थप ३ सय मत पत्र वितरण भइसकेको सचिव श्रेष्ठले बताए। 

‘थप मतपत्रमा हस्ताक्षर गरेर ल्याउँदै छौँ,’श्रेष्ठले उकेरासँग भने,‘हस्ताक्षर गरेर मतदान स्थलमा पुर्याउन भ्याइ नभ्याई भइरहेको छ।’ 

२९ प्रकारका मतपत्रमा मतदान गर्न आधा घण्टाको समय लागेको कांग्रेस नेता एवं कानुन मन्त्री दिलेन्द्र प्रसाद बडूले बताए। ‘२९ वटा मतपत्रमा मतदान गर्न आधा घण्टा लाग्यो,’बडूले भने,‘समयको हिसाबले मतदान सकिन राति अबेर हुने देखिन्छ।’ 

मतदान गरेपछि बाहिर निस्कन ढिला गर्दा भित्र ठाउँ खाली देखिएको उनले बताए। उनले मतदान गरेपछि तत्कालै बाहिर निस्कने र लाइनमा बसेका मतदाताले पठाए अलि चाँडो हुने बताए। 

 

मंसिर २७, २०७८ सोमबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।