रुसका राष्ट्रपति पुटिनले जब खर्च धान्न ट्याक्सी चलाउनुपर्‍यो...

रुसका राष्ट्रपति पुटिनले जब खर्च धान्न ट्याक्सी चलाउनुपर्‍यो...

एजेन्सीः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले बाध्य भएर ट्याक्सी चलाउनु परेको बताएका छन्। सन् १९९१ मा सोभियत संघको पतन भएपछि खर्च धान्न बाध्य भएर ट्याक्सी चलाउनुपरेको बताएका हुन्। 

पुटिनले 'रसिया' नामक वृत्तचित्रमा यसबारे बताएका हुन्। 'कहिलेकाहिँ मैले खर्च धान्न थप आम्दानी गर्नुपर्थ्यो। कहिले प्राइभेट कार चलाएर आम्दानी गर्नुपर्थ्यो', पुटिनले भनेका छन्। 

त्यस समयमा रुसमा ट्याक्सी निकै कम हुन्थे। तर मानिसहरू आफ्नो प्राइभेट कारमा 'लिफ्ट' दिएर ट्याक्सीले जस्तै पैसा उठाउँथे। कतिपयले त एम्बुलेन्स जस्ता सवारीलाई पनि ट्याक्सी जसरी प्रयोग गर्थे। 

पुटिन त्यस समयमा रुसी जासुसी संस्था केजीबीमा काम गर्थे। 

मंसिर २७, २०७८ सोमबार १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।