नेप्से परिसूचक २२ सय बिन्दुमा, उपसमूह सबै राताम्मे 

नेप्से परिसूचक २२ सय बिन्दुमा, उपसमूह सबै राताम्मे 

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २३ सय बिन्दुबाट ओरालो लागेको छ। नेप्से ७९.२३ अङ्कले घटेर परिसूचक २२८२ बिन्दुमा कायम भएको छ।

२२३ कम्पनीका ९६ लाख ७९ हजार ७२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैयाँको कारोबार भएको छ। 

१३ उपसमूह सबै राताम्मे भएको बजारमा सबैभन्दा धेरै निर्जीवन बिमा समूह ५४५.९८ अङ्कले घटेको छ। बैङ्किङ ३४.११, व्यापार ९९.११, होटेल तथा पर्यटन ५४.९२, विकास बैङ्क २११.७६ अङ्कले घटेको छ। 

यस्तै जलविद्युत १०५.८२, फाइनान्स १३३.९१, उत्पादन तथा प्रशोधन १७१.७२, अन्य ६३.०४, माइक्रो फाइनान्स १८७.३३, जीवन बिमा ४२५.३३, म्युचुअल फन्ड ०.२४ र लगानी ३.४२ अङ्कले घटेको स्टक एक्सचेन्जले जनाएको छ। 

बैङ्क तथा वित्तीय संस्थामा तरलता अभाव भएपछि नेप्सेमा सेयर कारोबार घटिरहेको छ। 

मंसिर २७, २०७८ सोमबार १५:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।