बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

दाङः जिल्लाको घोराही उपमहानगरपालिका-६ अगेरामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। स्थानीय रोहित पाण्डेका २ वर्षीय छोरा आहान पाण्डेको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो। जन्द्रागाउँबाट विद्यार्थी लिएर अगेरा स्कुलतर्फ जाँदै गरेको ना३ख ९९९३ नम्बरको बोर्डिङ स्कुलको बसले बालकलाई आज बिहान सवा १० बजे ठक्कर दिएको थियो।

बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

मंसिर २७, २०७८ सोमबार १४:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।