भुपेन्द्र हत्या प्रकरण: आफन्तहरू प्रदर्शनमा, न्याय नपाएको भन्दै अस्तु बुझाइयो अदालतमा

भुपेन्द्र हत्या प्रकरण: आफन्तहरू प्रदर्शनमा, न्याय नपाएको भन्दै अस्तु बुझाइयो अदालतमा

कैलालीः लम्कीका भुपेन्द्र बडुवालकाे हत्यामा संलग्नलाई धराैटीमा रिहा गरेकाे भन्दै आफन्तहरूले कैलाली जिल्ला अदालतअगाडि प्रदर्शन गरेका छन्। साेमबार 'मान्छे मार्न पाइँदैन, न्यायालय बिक्न पाइँदैन', 'फरार अभियुक्तलाई इन्काउन्टर दे' लगायतका नारा लगाउँदै आफन्तहरूले धर्ना समेत दिएका छन्।

हत्याको एक महिना बित्दा पनि न्याय नपाएको भन्दै मृतक परिवारले भुपेन्द्रको अस्तु समेत अदालतमा बुझाएका छन्। हत्या आराेपमा प्रहरीले १२ जनालाई पक्राउ गरे पनि ९ जना अझै फरार छन्।  

थुनछेक बहसपछि कैलाली जिल्ला अदालतले ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकाे थियाे भने तीन जना धराैटीमा छुटेका थिए।  

हत्यामा संलग्न तीन जनालाई धरौटीमा छोडिएपछि पीडित परिवारले प्रदर्शन गरेका हुन्। गत कात्तिक २३ गते टीकापुरमा धारिलाे हतियार प्रहारबाट लम्कीचुहाका भुपेन्द्रको हत्या भएको थियो।

मंसिर २७, २०७८ सोमबार १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।