चार सय मत खस्यो, मतदान सकिन राति अबेरसम्म लाग्ने

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि अहिले मतदानको क्रमको जारी छ।
अहिलेसम्म चार सय मत खसेको मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यले बताएका छन्।
मतदान प्रक्रिया निकै झन्झटिलो भएकोले मतदान सकिन राति अबेरसम्म लाग्ने पनि उनले जानकारी दिए।
एक जना मतदातालाई मतदान गर्न कम्तीमा आधा घन्टा लाग्ने निर्वाचन समितिले जनाएको छ।
मंसिर २७, २०७८ सोमबार १३:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।