माहोल देउवाको पक्षमा भएको गृहमन्त्री खाँणको दावी

माहोल देउवाको पक्षमा भएको गृहमन्त्री खाँणको दावी

काठमाडौं : गृहमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार बालकृष्ण खाँणले निर्वाचनको माहोल प्रधानमन्त्री शेरबहादुर देउवाकै पक्षमा भएको दावी गरेका छन्।

१३औं देखि १४औं अधिवेशनसम्म पार्टीलाई एकढिक्का राख्न सफल भएकोले पनि देउवाका पक्षमा सबै मतदाता रहेको उनको भनाइ छ।

तत्कालै स्थानीय र केन्द्रीय निर्वाचन आउन लागेकोले एउटै सभापति र प्रधानमन्त्रीको नेतृत्वमा निर्वाचन गर्दा भयमुक्त वातावरण कायम गर्न सकिने गृहमन्त्रीले बताए। 'त्यसैले पनि प्रधानमन्त्री शेरबहादुर देउवाकै पक्षमा माहोल बनेको छ,' उनले भने।

सुरक्षाकर्मीबाट सञ्चारकर्मीमाथि अभद्र व्यवहार भएको प्रसंगमा उनले भने, 'जहाँ स्वतन्त्र पत्रकारिता बलियो हुन्छ, त्यहाँ लोकतन्त्र बलियो हुन्छ। त्यसैले सुरक्षाकर्मीमाथिको अभद्र व्यवहार निन्दनीय छ। त्यसप्रति म क्षमा चाहन्छु।'

मंसिर २७, २०७८ सोमबार १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।