निर्वाचन समितिले माफी माग्यो : सञ्चारकर्मीको धर्ना सकियो

काठमाडौँ : कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले माफी मागेपछि सन्चारकर्मी धर्ना छाडेर मतदानस्थलको समाचार सम्प्रेषण गर्न प्रवेश गरेका छन्।
मतदान स्थल र मिडिया सेन्टरमा प्रवेश गर्न नदिएको भन्दै सन्चारकर्मीले विरोधमा उत्रिएका थिए। उनीहरूले क्यामरा भुईँमा राखेर विरोध गरेका थिए।
मतदानस्थलमा भिडभाड भएको भन्दै प्रवेश गर्न नदिएपछि उनीहरू विरोधमा उत्रिएका थिए।
सञ्चारकर्मीलाई बिहानैदेखी मिडिया सेन्टरमा प्रवेश दिइएको थिएन। सुरक्षाकर्मीले सरकारी सञ्चार माध्यममा ५ जना पत्रकारको लिस्ट देखाएर यो भन्दा बाहिरको मान्छे पाइँदैन भनेर रोकेका थिए।
सञ्चारकर्मी विरोधमा उत्रिएपछि मिडिया सेन्टरका संयोजक सुरेश आचार्य आएर भिडभाड नगरी खिच्न जान आग्रह गरेका थिए। तर उनीहरूले कहाँसम्म खिच्न जान पाउने मापदण्ड बनाउनुपर्यो यसरी रोक्न भएन भनेपछि आचार्य 'जसलाइ खिच्नु छैन जानु भनेर फर्किएका थिए। सुरक्षाकर्मीले निर्वाचन समितिको आदेश भन्दै मिडियालाई धर्ना छोडेर बाहिर जान भनेको थियो। तर घिमिरे आएर समस्या समाधन गरे।
मंसिर २७, २०७८ सोमबार १२:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।