दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण, ओमिक्रोन भएको आशंका

दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण, ओमिक्रोन भएको आशंका

एजेन्सीः दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड-१९ को सङ्क्रमण भएको छ। दक्षिणी अफ्रिकाको राष्ट्रपतिको कार्यालयले यसबारे जानकारी दिएको छ।

हाल राष्ट्रपति रामाफोसा उपचार गराइरहेका छन्। यसअघि नै उनले कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाइसकेका थिए।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। यद्यपि हालै मात्र कोरोनाको ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकामै पत्ता लागेको थियो। यसै कारण उनलाई पनि ओमिक्रोन नै भएको हुनसक्ने आशंका गरिएको छ। तर यसबारे भने सार्वजनिक गरिएको छैन।

मंसिर २७, २०७८ सोमबार १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।