मतदानस्थलमा छिर्न नदिएपछि सभागृहको गेटमा सञ्चारकर्मीको धर्ना

मतदानस्थलमा छिर्न नदिएपछि सभागृहको गेटमा सञ्चारकर्मीको धर्ना

काठमाडौँ : कांग्रेसको मतदानस्थल र मिडिया सेन्टरमा प्रवेश गर्न नदिएको भन्दै सन्चारकर्मीले विरोधमा उत्रिएका छन्। उनीहरूले क्यामरा भुईँमा राखेर विरोध गरिरहेका छन्।

मतदानस्थलमा भिडभाड भएको भन्दै प्रवेश गर्न नदिएपछि उनीहरू विरोधमा उत्रिएका थिए।

सञ्चारकर्मीलाई बिहानैदेखी मिडिया सेन्टरमा प्रवेश दिइएको थिएन। सुरक्षाकर्मीले सरकारी सन्चारमाध्यममा ५ जना पत्रकारको लिस्ट देखाएर यो भन्दा बाहिरको मान्छे पाइँदैन भनेर रोकेका थिए।

उनीहरूले सभागृहको मतदाता प्रवेश गर्ने मूल गेटमा क्यामरा डाउन गर्दै राखेका छन्।

सञ्चारकर्मी विरोधमा उत्रिएपछि मिडिया सेन्टरका संयोजक सुरेश आचार्य आएर भिडभाड नगरी खिच्न जान आग्रह गरेका थिए। तर उनीहरूले कहाँसम्म खिच्न जान पाउने मापदण्ड बनाउनुपर्यो यसरी रोक्न भएन भनेपछि आचार्य 'जसलाई खिच्नु छैन जानु भनेर फर्किएका थिए। सुरक्षाकर्मीले निर्वाचन समितिको आदेश भन्दै मिडियालाई धर्ना छोडेर बाहिर जान भनेको छ।

मंसिर २७, २०७८ सोमबार १२:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।