देउवा प्यानलमा शशाङ्कको नाम, उनी भन्छन्' मेरो प्यानल छैन'

देउवा प्यानलमा शशाङ्कको नाम, उनी भन्छन्' मेरो प्यानल छैन'

काठमाडौँ : मतदान स्थलमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा समूहले बाँडेको प्यानलका उम्मेदवारको सूचिमा शशाङ्क कोइरालाको नाम समेत राखेका छन्।

प्यानलको खुल्ला केन्द्रीय सदस्यको दोस्रो नम्बरमा शशाङ्कको नाम छ। उता शेखर कोइरालाले पनि शशाङ्कको साथ आफूलाई रहेको दाबी गर्ने गरेका छन्। आइतबार एकै मञ्चमा राख्न शेखरले गरेको प्रयास सफल भएन।

सोमवार मतदान स्थलमा पुगेका शशाङ्कले भने आफू कुनै प्यानलको समर्थनमा नरहेको भन्दै स्वतन्त्र रूपमा केन्द्रीय सदस्यको उम्मेदवार बनेको बताए।

' म कुनै प्यानलमा छैन। स्वतन्त्र उम्मेदवार हुँ।'

उनले आफू पनि सभापतिको उम्मेदवार भए पनि पछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा ब्याक भएको भन्दै उनले १४ औँ महाधिवेशनमा आफ्नो कुनै प्यानल नभएको बताए।

मंसिर २७, २०७८ सोमबार ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।