म स्वतन्त्र उम्मेदवार हुँ: शशांक

काठमाडौंः नेपली कांग्रेसका नेता शशांक कोइरालाले आफू स्वतन्त्र उम्मेदवार भएको बताएका छन्। मतदान केन्द्रबाहिर सञ्चारकर्मीसँग बोल्दै उनले आफू कुनै प्यानलमा नरहेको र स्वतन्त्र केन्द्रीय सदस्य पदको उम्मेदवार रहेको बताएका हुन्।
यस्तै उनले रामचन्द्र पौडेलले मतदानमा भाग नलिनु स्वाभाविक रहेको पनि बताएका छन्। 'पौडेलजीलाई लागेको कुरा हो। एक किसिमले ठीक पनि हो। उहाँ जुझारु व्यक्ति हुनुहुन्छ। उहाँ केन्द्रीय समितिमा नरहे पनि मनोनीत गर्न सकिन्छ। उहाँ स्वतः पार्टीभित्र आउनु हुन्छ', शशांकले भने।
शशांक कोइराला सुरुमा सभापतिको दौडमा लागेको भए पनि पछि उनले साझा उम्मेदवार तय गर्न भन्दै उम्मेदवार नबन्ने घोषणा गरेका थिए।
मंसिर २७, २०७८ सोमबार ११:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।