महाधिवेशनमा व्यक्ति आधारित गुट भयो: प्रकाशशरण

महाधिवेशनमा व्यक्ति आधारित गुट भयो: प्रकाशशरण

काठमाडौंः नेपाली कांग्रेसका नेता तथा १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार प्रकाशशरण महतले महाधिवेशनमा व्यक्तिमा आधारित गुटबन्दी भएको बताएका छन्। आज मतदान केन्द्रबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

'व्यक्ति आधारित गुट भयो। निकटता चिनजानका आधारमा उम्मेदवार भए। विचारको आधारमा भएन। यो स्वस्थकर होइन', उनले भने। 

यस्तै केही पुराना र पार्टीका प्रभावशाली नेता पनि पदाधिकारीमा छुटेको सवालमा उनले प्रतिस्पर्धाको राजनीतिमा अन्याय हुने बताएका छन्। उनले भने, 'कतिपय साथी छुटे। प्रतिस्पर्धाको राजनीतिमा अन्याय पनि हन्छ।'

पार्टीको लक्ष्य आगामी आम निर्वाचन जित्नु भएको बताउँदै उनले महामन्त्री पदमा आफू जस्तो परिपक्व र अनुभवप्राप्त नेताको खाँचो रहेको समेत बताए। 

 

मंसिर २७, २०७८ सोमबार १०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।