शेखर र प्रकाशमान मतदान केन्द्रमा

शेखर र प्रकाशमान मतदान केन्द्रमा

काठमाडौंः कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंह मतदान केन्द्र पुगिसकेका छन्। बिहान साढे ९ मा उनीहरू राष्ट्रिय सभा गृह पुगेका हुन्। 

शेखर प्यानलका महामन्त्री गगन थापा, देउवा प्यानलका महामन्त्री प्रकाशशरण महत भने बिहानै मतदान केन्द्र पुगेर मत मागिसकेका छन्। 

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री तथा शेखर प्यानलका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेल पनि मतदान केन्द्र पुगिसकेका छन्। 

मंसिर २७, २०७८ सोमबार ०९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।