डेढ घण्टा अबेर हुँदा पनि सुरु भएन मतदान, प्रतिनिधि लाइनमा कुरेको कुरेकै

डेढ घण्टा अबेर हुँदा पनि सुरु भएन मतदान, प्रतिनिधि लाइनमा कुरेको कुरेकै

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आज बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु गरिने कार्यतालिका थियो। तर निर्धारित समय डेढ घण्टा बित्दा पनि मतदान सुरु भएको छैन। 

बिहान ८ बज्नुअगावै महाधिवेशन प्रतिनिधि लाइनमा लागिसकेका थिए। तर साढे ९ मा पनि मतदान सुरु नहुँदा पालो कुरेको कुरेकै छन्। 

यसअघि निर्धारित ८ बजे मतपत्र मतदान केन्द्र आइपुगेकै थिएन। आइतबार राति अबेरसम्म छापिएको मतपत्र बिहान ढिलो गरी मतदान केन्द्र आइपुगेको हो। 

हाल मतपत्रमा हस्ताक्षर गर्ने काम जारी छ। हस्ताक्षर सकिएपछि मतदान प्रक्रिया सुरु हुनेछ। 

मतदान प्रक्रिया आज साँझ ५ बजेसम्म गर्ने भनिए पनि राति अबेरसम्म पनि नसकिने देखिएको छ। 

मंसिर २७, २०७८ सोमबार ०९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।