माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गुरुङ

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गुरुङ

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छिन्। प्रदेश समितिको आज बिहान सम्पन्न प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा २०१ सदस्यीय समिति चयन गरेको हो।

गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक समेत हुन्। अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को केन्द्रीय सचिवको जिम्मेवारीमा समेत उनी रहेकी छिन्। 

अधिवेशनले अध्यक्ष सर्वसम्मत निर्वाचित गरे पनि अन्य पदाधिकारी भने चयन गरेको छ।

मंसिर २७, २०७८ सोमबार ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।