शेखरको टीममा पत्रकारदेखि मुख्यमन्त्रीसम्म

शेखरको टीममा पत्रकारदेखि मुख्यमन्त्रीसम्म

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पार्टी सभापतिको लागि शेखर कोइराला भिड्दैछन्। उनको प्रतिस्पर्धा निवर्तमान सभापति शेरबहादुर देउवासहित विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङसँग हुनेछ। 

तीमध्ये कल्याण गुरुङ र विमलेन्द्र निधि टीमबिनै चुनावी मैदानमा उत्रिएका छन्। यता शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहले सक्दो आफ्नो प्यानलमा चर्चित र कार्यकर्तामाझ पकड भएका नेतालाई राखेका छन्। 

यीमध्ये पनि शेखर कोइरालाले सक्दो चर्चित अनुहारलाई आफ्नो प्यानलमा राखेका छन्। गगन थापा र मिनेन्द्र रिजाल यही प्यानलबाट महामन्त्रीका उम्मेदवार छन् भने धनराज गुरुङ र चन्द्र भण्डारी यही प्यानलबाट उपसभापतिको उम्मेदवार छन्। 

यस्तै खुल्ला केन्द्रीय सदस्यतर्फ अर्जुननरसिंह केसी पनि यही प्यानलबाट छन्। यता यही टीममा पत्रकार अजेयबाबु सिवाकोटी छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली पनि यही प्यानलमा रहेर गण्डकी प्रदेशतर्फबाट केन्द्रीय सदस्य भिड्दैछन्। 

यी हुन् शेखर कोइराला प्यानलको सबै उम्मेदवार

मंसिर २७, २०७८ सोमबार ०८:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।