कांग्रेस महाधिवेशन: आज मतदान प्रक्रिया

कांग्रेस महाधिवेशन: आज मतदान प्रक्रिया

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज मतदान प्रक्रिया हुँदैछ। आज बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुँदैछ। 

कांग्रेस निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया आज साँझ ५ बजेसम्म जारी रहनेछ। 

कुल १३४ पदका लागि मतदान हुनेमा २ खुला केन्द्रीय सदस्य पदमा हिजै निर्विरोध निर्वाचित भएकाले आज केवल १३२ पदका लागि मतदान हुनेछ। 

१४औं महाधिवेशनमा यस पटक सभापति पदका लागि शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, कल्याण गुरुङ र प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुँदैछ। आज हुने मतदानमा विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्नेछ। कांग्रेसको विधानअनुसार ५१ प्रतिशत प्राप्त नगरे मतदान दोश्रो चरणमा प्रवेश गर्नेछ। र सबैभन्दा बढी मत ल्याउने दुई जनाले प्रतिस्पर्धा गर्नेछन्। 

मंसिर २७, २०७८ सोमबार ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।