दाङमा ब्रेक फेल भएर जिप दुर्घटना, ३ जनाको मृत्यु  

दाङमा ब्रेक फेल भएर जिप दुर्घटना, ३ जनाको मृत्यु  

दाङ : दाङमा आइतबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

रा १ ज ४३८ नम्बरको जिप दुर्घटना हुँदा सल्यान कपुरकोट गाउँपालिका–४ का ४८ वर्षीय प्रेमप्रकाश शर्मा, ४६ वर्षीया सौनी घर्ती र कर्णबहादुर खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 

तुलसीपुर–३ सिरखोला नजिकै भएको दुर्घटनामा १६ जना घाइते भएका छन्। 

ब्रेक फेल भएर जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो। घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

मंसिर २६, २०७८ आइतबार २२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।