एमालेले तोक्यो सात प्रदेशमा पदाधिकारी, पोलिटब्युरो बन्यो ८० सदस्यीय (नामावली सहित)  

एमालेले तोक्यो सात प्रदेशमा पदाधिकारी, पोलिटब्युरो बन्यो ८० सदस्यीय (नामावली सहित)  

काठमाडौँ : एमालेले सात वटै प्रदेश कमिटीमा पदाधिकारी चयन गरेको छ। एमाले केन्द्रीय कमिटी बैठकले सात वटै प्रदेशको नेतृत्व परिवर्तन गर्दै नयाँ कमिटी चयन गरेको हो। 

प्रदेश नं १ को अध्यक्षमा तुलसी न्यौपाने, उपाध्यक्षमा टीका चेम्जोङ, सचिवमा चिन्तन पाठक, उपसचिवमा धन तामाङ र शैलेश लामा चयन भएका छन्।

प्रदेश नं २ को अध्यक्षमा रामअवतार यादव, उपाध्यक्षमा रेवती पन्त, सचिवमा डा. कृष्ण पौडेल, उपसचिवमा फर्मुद नदाव र आरती भण्डारी चयन भएका छन्।

त्यस्तै वाग्मती प्रदेशको अध्यक्षमा केशवराज पाण्डे, उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा विजय सुवेदी, उपसचिवमा महेश बर्तौला र रत्न गुरुङ चयन भएका छन्। 

गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मोहन रेग्मी, सचिवमा धनञ्जय दवाडी, उपसचिवमा मञ्जु अधिकारी र रश्मि आचार्य चयन भएका छन्। एमालेले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल, उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, सचिवमा लक्ष्मण आचार्य, उपसचिवमा लीला राना र दुर्गा थारुलाई चयन गरेको छ। 

बैठकले कर्णाली प्रदेश अध्यक्षमा विनोद शाह, उपाध्यक्षमा लालबहादुर महतारा, सचिवमा कमल शाही, उपसचिवमा रूपा शाही र टेकराज पछाईंलाई चयन गर्ने निर्णय गरेको छ। 

सुदूरपश्चिम प्रदेशको अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचिवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भगिरथी विष्ट चयन भएका छन्। 

उपत्यका विशेष अध्यक्षमा प्रेमकुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा समीर नेपाल, उपसचिवमा चन्द्र रिजाल र उर्मिला सुनुवार चयन भएका छन्। 

प्रदेश सङ्गठन कमिटी आगामी माघ ८ गतेसम्मका लागि चयन गरिएको र यही कमिटीले नयाँ नेतृत्व चयन गर्ने गरी जिम्मेवारी प्रदान गरिएको एमालेले बताएको छ। 

एमाले केन्द्रीय कमिटीको बैठकले ४५ जना केन्द्रीय सदस्यको मनोनयन गर्ने निर्णय पनि गरेको छ। बैठकपछि एमालेका महासचिव शङ्कर पोखरेलले केन्द्रीय विभागमा जिम्मेवारी, प्रदेशका इन्चार्ज, पदाधिकारी तोकिनुका साथै जिल्लाका इन्चार्ज र सहइञ्चार्ज पनि निर्धारण गरिएको जानकारी दिए। 

बैठकले आउँदो पुस २३ गते सबै जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने र आउँदो फागुनभित्र जनसङ्गठनका महाधिवेशन सम्पन्न गर्न निर्णय गरेको पोखरेलले बताए। 

बैठकले ८० सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णय गरेको छ।  पोलिटब्यूरो सदस्यमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणि थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, शम्भु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापा र शेरबहादुर तामाङलाई चयन गरेको छ। 

त्यसैगरी काशीनाथ अधिकारी, हिक्मत कार्की, गोकुल बास्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लीला गिरी, जगत विक, कमल चौलागाई, बालकृष्ण ढुङ्गेल, ईश्वरबहादुर रिजाल, जितु गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, बैजनाथ चौधरी, टुकराज सिग्देल र लीलानाथ श्रेष्ठ पोलिटब्युरो सदस्यमा चयन भएका छन्। 

खेममान खड्का, राजेन्द्र रावल, नारदमुनि राना, सूर्य थापा, मना केसी, सुशीला नेपाल, पार्वत गुरुङ, लीलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बानियाँ, मञ्जु चौधरी, अच्युत मैनाली, विशाल भट्टराई, गणेश ठगुन्ना, खिमलाल भट्टराई, दधिराम न्यौपाने, देवेन्द्र दाहाल, रामेश्वर फूँयाल, ठाकुर गैर, तिलक मेन्यांवो, जुली कुमारी महतो, गौरी ओली, निरुदेवी पाल, विमला घिमिरे, लीलाकुमारी भण्डारी, शान्ता चौधरी, सीता गिरी ओली, नरुलाल चौधरी, कृष्णबहादुर राई, गुलाब जङ्ग शाह र लक्ष्मी पोखरेल पनि पोलिटब्यूरो सदस्य चयन भएका छन्। 

एमाले केन्द्रीय कमिटी बैठकले २९ जना पुरुष र १४ जना महिलासहित ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। मनोनीत हुनेमा दल फडेरा, मानवीर राई, एन महर, चन्द्रमोहन श्रेष्ठ, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्कोटा, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रूपनारायण श्रेष्ठ, प्रेम दङ्गाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, लालबाबु पण्डितलाई मनोनीत गर्ने निर्णय गरेको छ। 

एकता प्रक्रियाबाट आएकामध्ये चन्द्रमोहन गौतम, रेसम लामा, दुर्गा प्रसाईँ, चुडा तामाङ, कृष्ण केसी, गोविन्द दुलाल, सहदेव बोगटी, कालसिंह काउचा, विषमलाल अधिकारीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।

महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोक्का, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला पुर्जा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्याल, गीता कार्की, शान्ति अधिकारी, सरिता बराल, तारादेवी गुरुङ र रुक्मणि रानालाई एमालेले केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ। 

मंसिर २६, २०७८ आइतबार २२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।