केन्द्रीय कमिटीको निर्णय स्विकार्न ओलीले दिए निर्देशन 

केन्द्रीय कमिटीको निर्णय स्विकार्न ओलीले दिए निर्देशन 

भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकको निर्णय सबैले स्विकार्नु पर्ने बताएका छन्।

भक्तपुरको जर्मन होम हस्पिटालिटीमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा अध्यक्ष ओलीले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्नुपर्ने बताए।

‘हाम्रो बीचको एकताले मात्र सबै कुरा जित्न सकिन्छ, एकताको मन्त्रमा ध्यान दिएर अगाडि बढ्नुपर्छ,’उनले भने,‘कसैलाई जिम्मेवारी पुगेन भने उचित जिम्मेवारी दिनेछौँ।’

उनले केन्द्रीय कमिटीका लागि मात्रै आफूलाई ९ सय जनाको नाम आएको बताए। पोलिटब्यूरोका लागि ५० प्रतिशतभन्दा बढी योग्य व्यक्ति हुँदाहुँदै पनि उत्कृष्ट मध्येको उत्कृष्ट छान्न गाह्रो भएको ओलीको भनाई थियो।

मंसिर २६, २०७८ आइतबार १९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।