देउवाले भने : म सभापतिमा हारे ओली शासन फर्किन्छ
काठमाडौँ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका शेरबहादुर देउवाले निर्वाचनका मतदातामाझ आफू पराजित भए कम्युनिस्टको सरकार आउने भन्दै त्रास फैलाएका छन्।
निर्वाचन आचारसंहिता उलङ्घन गर्दै काठमाडौँको अग्रवाल भवनमा गरिएको महाधिवेशन प्रतिनिधीहरुको भेलामा बोल्दै उनले पार्टीको सक्रियतामा बल्ल ओलीको शासनबाट मुक्ति पाएको भन्दै उनले आफू पार्टी सभापतिमा नजिते पुन ओलीको शासन फर्कने दाबी गरेका थिए।
उनले पार्टीको निर्वाचन निष्पक्ष हुने बताउँदै यो बिचमा धेरै सरकार बदलिएको भन्दै लोकतान्त्रिक पद्धति बचाउने जिम्मेवारी काँग्रेसको भएको बताए। पार्टी सभापतिमा हारेमा निर्वाचनमा जान समस्या हुने भन्दै उनले भने' पार्टीको सभापति र प्रधानमन्त्री एकै भए स्थायित्व हुन्छ।'
उनले महाधिवेशन प्रतिनिधीहरुलाई महाधिवेशन पार्टीको मात्र कुरा नभएर राष्ट्र र लोकतन्त्रको समेत कुरा भएको भन्दै सभापतिमा आफूलाई मतदान गर्न आग्रह गरेका थिए।
मंसिर २६, २०७८ आइतबार १६:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।