उम्मेदवारको अन्तिम नामावली प्रकाशन, भृकुटीमण्डपमा हुने भो मतदान

काठमाडौँ : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न सोमबार मतदान हुँदै छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मतदानको तयारी सुरु गरेको छ। मतदान पार्टीको १४ औँ महाधिवेशन उद्घाटन भएको भृकुटीमण्डपमा हुनेछ।
कांग्रेसको नयाँ नेतृत्व चयन परम्परागत मतपत्रमा मतदान गरेर हुँदै छ। मतपत्रबाट हुने मतदानका लागि अहिले भृकुटीमण्डपमा बुथ निर्माणको काम भइरहेको छ।
सोमबार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने निर्वाचन समितिको कार्यतालिका रहेको छ।
कांग्रेसको महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि मतदाता छन्। शनिबार उम्मेदवारी मनोनयन गरेकाहरूको निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको छ।
कांग्रेसको १ सभापति पदका लागि ५ जनाको उम्मेदवारी परेको छ। यस्तै २ उपसभापतिका लागि ७ जना, २ महामन्त्रीका लागि ६ जना र ८ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ।
यस्तै ३५ खुल्ला सदस्यका लागि ९९ जनाको उम्मेदवार परेको छ। महिला खुल्ला ९ सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ।
मंसिर २६, २०७८ आइतबार १५:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।