साउदीको सेनाको हवाइ आक्रमणमा १९० हुथी विद्रोहीको मृत्यु

एजेन्सीः साउदी अरेबियाली सेनाको हवाइ कारबाहीमा परी १९० हुथी विद्रोहीको मृत्यु भएको छ। यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा शनिबार साउदी सेनाले गरेको कारबाहीमा कम्तीमा पनि १९० जना हुथी विद्रोहीको ज्यान गएको साउदी अेरिबयाको सरकारी प्रेसले जनाएको छ।
यमनको सेनाले पनि शनिबार यस घटनाको पुष्टी गरेको छ। साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ। उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन्।
साउदी सेनाले शनिबार गएको २४ घन्टाभित्रमा कम्तीमा पनि ३६ ओटा साना ठूला आक्रमणहरू गरेको थियो। उक्त प्रान्तमा यसअघि पनि समय साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको थियो।
साउदीले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४देखि हवाइ आक्रमण गरिरहेको छ। पछिल्लो कारबाहीमा हुथीहरूले प्रयोग गर्ने गरेका केही शक्तिशाली हतियारहरू पनि पक्राउ गरिएको जनाइएको छ।
मंसिर २६, २०७८ आइतबार १२:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।