कांग्रेस महाधिवेशन: दुई निर्विरोध, २७ जनाले लिए उम्मेदवारी फिर्ता

कांग्रेस महाधिवेशन: दुई निर्विरोध, २७ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदान प्रक्रिया सुरु नै नभइ दुई जना उम्मेदवार निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका छन्। प्रदेश २ बाट खुला केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका हुन्।
 

प्रदेश २ मा आवश्यक दुई केन्द्रीय सदस्यमा तीन जनाको उम्मेदवारी परेको थियो। त्यसमध्ये जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि यी दुई निर्विरोध निर्वाचित भएका हुन्। 

यस्तै आज १२:३० सम्म उम्मेदवारी फिर्ताको समय दिइएकोमा २७ जनाले केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिएका छन्। यसअघि मीन विश्वकर्माले निर्वाचन समितिलाई पत्र लेख्दै आफ्नो उम्मेदवारी फिर्ता गरिएको जानकारी गराएका थिए।

केन्द्रीय सदस्य पदको उम्मेदवारी फिर्ता लिने अन्यमा सञ्जयकुमार यादव, गोविन्दराज बोहरा, सीताराम महतो, जुनाकुमारी थानी, ध्रुवराज गुरुङ, दीपक अधिकारी, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल, विना पौडेल, भक्तबहादुर बलायर, माया राना, राजुराज जोशी, गोपीलाल विश्वकर्मा र मीनाकुमारी थापा छन्।

यस्तै विष्णु पौडेल, अनु गुरुङ, शकुन्तला शर्मा, महेशकुमार कर्माचार्य, सिंहबहादुर राना, संगीता मण्डल, सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत र माधवप्रसाद आचार्यले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

मंसिर २६, २०७८ आइतबार ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।