सिन्धुपाल्चोकको बलेफीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १६ जना घाइते

बा २ ख ५६१४ नम्बरको बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना हुँदा अरू १६ जना घाइते भएका छन्।
दुर्घटनामा बलेफीका बस चालक राजु तामाङको मृत्यु भएको बलेफी प्रहरी चौकीका इन्चार्ज माधव खड्काले जानकारी दिए।
घाइतेहरू मध्ये केहीको सदावहादर अस्पताल बलेफीमा र गम्भीर घाइतेको काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको खड्काले बताए।
‘बसमा भएका १६/१७ जनालाई निकालेर अस्पताल पठाइएको छ,’खड्काले भने,‘बसमा भएका मान्छे निकालेको र अरू मान्छे हुन सक्ने शङ्कामा खोजी गरिरहेका छौ।’
मंसिर २५, २०७८ शनिबार २३:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।