शशाङ्कले दिए सदस्यमा उम्मेदवारी, रामचन्द्र आउँदै आएनन्

सभापतिमा उम्मेदवारी दिन आफ्नो पक्षमा छलफल गरेका पौडेलले सहमति नभएपछि कुनै पनि पदमा उम्मेदवारी नदिएका हुन्।
पौडेल उम्मेदवारी दर्ता भएको स्थल भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा पुग्दै पुगेनन्। पौडेल १३ औँ महाधिवेशन सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए।
१३ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित डा. शशाङ्क कोइरालाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
सभापतिका आकाङ्क्षी कोइरालाले आफ्नो पक्षमा सहमति नजुटेपछि सदस्यमा उम्मेदवारी दिएका हुन्।
मंसिर २५, २०७८ शनिबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।