देउवाको टिममा परेनन् गृहमन्त्री बालकृष्ण र संचारमन्त्री ज्ञानेन्द्र

पार्टी पदाधिकारीमा नपरे मन्त्री पदबाट राजीनामा दिने बताएका खाँण देउवालाई सभापति पदमा समर्थन गर्न उम्मेदवार मनोनयन स्थलमा पुगेका छन्।
उनले सभापतिमा देउवालाई जिताउनका लागि पदाधिकारीमा उम्मेदवारी नदिएको बताए। केन्द्रीय समितिमा रहने बताएका खाँणले पद ठूलो कुरा नभएको उल्लेख गरे।
देउवाले टिममा नपारेसँगै खाँण, साउद र कार्की कांग्रेस पदाधिकारी बाहिर पर्ने पक्का भएको छ।
पदाधिकारी नभए मन्त्री पदबाट राजीनामा दिएका संचारमन्त्री कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। उनले केन्द्रीय सदस्य पनि पदाधिकारी नै भएको प्रतिक्रिया दिएका छन्।
सभापतिका उम्मेदवार देउवाले आफ्नो टिमबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्कालाई राखेका छन्।
मंसिर २५, २०७८ शनिबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।