देउवा समूह छाडे विश्वप्रकाशले, सभापतिमा प्रकाशमानलाई समर्थन
उनले शुन्दरीजलमा गएर बिपीलाई साक्षी राखेर महामन्त्रीको उम्मेदवारी घोषणा गरेको भन्दै १४ औँ महाधिवेशनमा आफू प्रकाशमान सिंहको पक्षमा रहेको बताए।
१३ औँ महाधिवेशन अगाडिसम्म उनी तत्कालीन संस्थापन समूहमै थिए। पछि उनी शेरबहादुर देउवाको प्यानलमा गएर केन्द्रीय सदस्य भएका थिए। उनी १३ औँ महाधिवेशनको अवधिभर पार्टी प्रवक्ता रहेर देउवालाई सघाए पनि उनी देउवा समूहबाट महामन्त्रीको उम्मेदवारमा नपरेपछि १४ औँ महाधिवेशनमा संस्थानपनइतर बनेको समूहको पनि सिंह समूहको उम्मेदवार बनेका छन्।
विश्वप्रकाश र कृष्णप्रसाद सिटौलाबिच जिल्ला तहदेखि नै प्रतिस्पर्धा रहँदै आएको छ। १३ औँ महाधिवेशनमा सिटौला सभापतिको उम्मेदवार बने पनि दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए। १३ औँ महाधिवेशनमा देउवासँगै रहेका बिमलेन्द्र निधीले समेत सो समूह छाडेर सभापतीमा उम्मेदवारी दिइसकेका छन्।
मंसिर २५, २०७८ शनिबार १६:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।